२६६१ मा झर्‍यो सेयर बजार, ११ अर्बको कारोबार

२६६१ मा झर्‍यो सेयर बजार, ११ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज परिसूचक १२.६० अंकले घटेर २६६१ अंकमा पुगेको हो ।

आज बजारमा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो जबकी हिजो १० अर्ब २२ करोडको मात्रै कारोबार भएको थियो ।

१५० कम्पनीको मूल्य घटेको छ भने ९६ कम्पनीको मूल्य बढेको छ ।

वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसमा ४.१६ प्रतिशतको वृद्धि भएको छ । होटल र पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचअल फन्ड उपसूचकको मूल्य बढ्दा अन्य उपसमूहको मूल्य भने घटेको छ ।

यसदिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

बिहीबार ङ्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।