२६२० अंकमा झर्यो सेयर बजार, ८ अर्ब ७३ करोडको कारोबार

२६२० अंकमा झर्यो सेयर बजार, ८ अर्ब ७३ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लगातार चौथो दिन सेयर बजार घटेको छ । बुधबार नेप्से १४ अंक घटेको छ भने परिसुचक २६२० अंकमा कायम भएको छ ।

आज १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुदा ८ अर्ब ७३ करोडको कारोबार भयो ।

६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज कारोबारका आधारमा राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप अगाडि रहे ।

यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो भने गुराँस लघुवित्तको १०, नेपाल माइक्रो इन्स्योरेन्सको ९.७१, बाराही हाइड्रोपावरको ९.२६ प्रतिशत घट्यो ।

बैंकिङ ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ तथा व्यापार ०.६९ प्रतिशत घटे भने विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो ।