काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ८.५७ अङ्कले घट्दा परिसूचक २६७९ बिन्दुमा कायम भयो ।
आज १ करोड ८५ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६० करोड ९५ लाखको कारोबार भयो ।
आज ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य ८.२८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ७१ करोड ४९ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको १४ लाख ९० हजार छ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
आज लघुवित्त समूह २.३२ र व्यापार समूह ०.१३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ ०.६६, विकास बैंक १.४६, वित्त ०.९९, होटल तथा पर्यटन १.७५ र जलविद्युत् ०.३६ प्रतिशतले घटेको छ ।
त्यस्तै, लगानी समूह १.०३, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.०३, म्युचुअल फण्ड २.९६, निर्जीवन बिमा ०.१० र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया