सेयर बजार घटेपनि कारोबार ३ महिना यताकै उच्च

सेयर बजार घटेपनि कारोबार ३ महिना यताकै उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबार सेयर बजार ओरालो लागेको छ । यसदिन बजार ९ अंकले घटेर परिसुचक २६५५ अंकमा पुगेर रोकिएको छ ।

आज २ करोड ८६ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोडको कारोबार भयो ।

कारोबार रकम ८१ सालको फागुन २० गते यताकै सर्वाधिक रहेको छ । उक्त दिन १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो।

आज ९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । कारोबारका आधारमा ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, राधि विद्युत्, युनिभर्सल पावर र बुटवल पावर अगाडि रहे ।

आज पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो भने गुराँस लघुवित्तको मूल्य ९.९ प्रतिशत घट्यो ।

यसदिन होटल तथा पर्यटन २.१४ प्रतिशत, हाइड्रोपावर समूह ०.२२ र फाइनान्स सुचक ०.८९ प्रतिशतले बढे भने बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटे ।