सामान्य अंकले घट्यो सेयर बजार, पौने ६ अर्बको कारोबार

सामान्य अंकले घट्यो सेयर बजार, पौने ६ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ०.२२ अङ्कले घटेर २६०० को बिन्दुमा कायम भएको हो ।

आज ३१६ कम्पनीका १ करोड ३८ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार बराबरको कारोबार भयो ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइसी एसिया डिभेन्चर २०८५÷८६ को शेयर मूल्य .५१७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको २७ करोड ६५ लाख ९० हजार ९७७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने शिवश्री हाईड्रोपावर लिमिटेडको छ लाख ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।