काठमाण्डु– बिहीबार सेयर बजार उकालो लागेको छ । आज नेप्से ९ अंकले बढेर परिसूचक २७०३ मा कायम भएको छ ।
आज ९ अर्ब ६४ करोडको कारोबार भयो भने १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो ।
कारोबारका आधारमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहे ।
यसदिन नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।
आज फाइनान्स ४.०९ प्रतिशत बढेको छ । त्यस्तै जीवन बीमा २.६२, निर्जीवन बीमा २.२४ प्रतिशत, बैंकिङ ०.३१, विकास बैंक १.२०, उत्पादन तथा प्रशोधन ०.३९ र अन्य समूह ०.०३ प्रतिशत बढे । व्यापार १.२९, माइक्रोफाइनान्स ०.२२, लगानी ०.७७, हाइड्रोपावर ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशत घटे ।




प्रतिक्रिया