२७३१ मा पुग्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

२७३१ मा पुग्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयरबजारमा उछाल देखिएको छ । आज नेप्से २५.८९ अंकले बढेर परिसुचक २७३१ मा कायम भएको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो ।

कारोबारमा आएका १६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्सले धेरै कमाए ।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढ्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत घट्यो ।

यसदिन बैंक इन्डेक्स सबैभन्दा धेरै ३.०२ प्रतिशत बढ्यो । भने विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढे ।

यता व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटे ।