२८७० मै रह्यो सेयर बजार, २१ अर्ब ४६ करोडको कारोबार

२८७० मै रह्यो सेयर बजार, २१ अर्ब ४६ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार सेयर बजार झिनो अंकले बढ्यो । आज नेप्से ०.३२ अंकले बढे् परिसुचक २८७० कायम भयो ।

१ बजे ५२ अंक बढेर २९२२ मा पुगेको बजार सम्हालिन सकेन ।

यसदिन कारोबार रकमभने उच्च भएको छ । अघिल्लो कारोबारमा १६ अर्ब ५९ करोडको कारोबार भएककोमा आज २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

यसदिन कारोबारमा आएका १०५ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो ।

कारोबार रकमका आधारमा आज आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप तथा सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यस्तै आज सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो भने समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै ८।८८ प्रतिशत घट्यो ।

यसदिन फाइनान्स समूह सबैभन्दा धेरै २.२६ प्रतिशत घट्यो । बैंकिङ १.३८, विकास बैंक ०.०८, हाइड्रोपावर ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.५० प्रतिशत घटे । अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशत बढे ।