सेयर बजार ९ महिना यताकै उच्च, ६ कम्पनीको मूल्यमा ‘सर्किट’

सेयर बजार ९ महिना यताकै उच्च, ६ कम्पनीको मूल्यमा ‘सर्किट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से २१ अंकले बढेर परिसुचक २८९२ अंकमा कायम भएको छ । यो परिसुचक ११ महिनायताकै उच्च हो । गत वर्षको भदौ ९ गते परिसुचक २८९४ अंकमा थियो ।

यसदिन कारोबार रकम भने घटेको छ । हिजो २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो । आज ३ करोड ५६ लाख कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको घटेको छ । कारोबार रकमका आधारमा यसदिन नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक अगाडि रहे ।

आज थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्योे भने ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले घट्यो ।

यसदिन माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो । बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढे ।