काठमाण्डु– बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ९ अंकले घटेर परिसुचक २७५७ मा कायम भएको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन मात्र ५ अर्ब २ करोडको कारोबार भयो ।
आज ५३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ ।
कारोबार रकमका आधारमा यसदिन हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, बलेफी हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी अगाडि रहे ।
आज विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ४।६५ प्रतिशत घट्यो ।
आज निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशत बढ्दा बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशत घटे ।




प्रतिक्रिया