काठमाण्डु- साताको कारोबारको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से २५.५१ अंकले घटेर परिसुचक २६४९ बिन्दुमा झरेको छ ।
यसदिन ४५ कम्पनीको सेयर बढ्दा २११ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन कारोबार रकम बढेर ७ अर्ब नाघ्यो ।
कारोबार रकमका आधारमा यसदिन हिमालय रि–इन्सुरेन्स, जोशि हाइड्रो, ग्रिन भेन्चर्स र एनआरुएन इन्फ्राइन्सटक्चर अगाडि रहे ।
यसदिन ५ कम्पनीको मूल्य १० प्रतिशतले बढे । सागर डिस्टलरी, निफ्रा ग्रिन इनर्जी डिभेन्चर, स्वस्तिक लघुबित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको मूल्य १० प्रतिशतले बढेका हुन् ।
यसदिन अधिकांश समूहका सूचक घटेका छन् । उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत बढ्यो ।
बैंकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशत घटे । त्यस्तै माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा ०.६९, अन्य १.०४ र व्यापार ०.५१ प्रतिशत घटे ।




प्रतिक्रिया