काठमाण्डु– मंगलबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १८.३७ अंकले बढेर परिसूचक २६१९ अंकमा कायम भएको छ ।
नेप्से बढेपनि कारोबार रकम घटेको छ । हिजो ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।
कारोबारमा आएका १८७ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ११ को स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन ङादी ग्रुप, लुम्बिनी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङस्, राधि विद्युत् अगाडि रहे ।
आज स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने स्वेतगंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४।१६ प्रतिशत घट्यो ।
यसदिन व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार ०.०१ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीव बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०. ८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशत बढे ।




प्रतिक्रिया