२७०५मा झर्‍यो सेयर बजार, झण्डै ९ अर्बको कारोबार

२७०५मा झर्‍यो सेयर बजार, झण्डै ९ अर्बको कारोबार


काठमाण्डु– लगातार बढेको सेयर बजार बुधबार भने ओरालो लागेको छ । यसदिन नेप्से ९ अंकले घटेर परिसुचक २७०५ मा झरेको छ । मंगलबार ५ महिनायताकै उच्च बिन्दुमा पुगेको बजार आज सामान्य घटेको हो ।

यसदिन कारोबार रकमपनि घटेको छ । हिजो ११ अर्ब ८५ करोडको कारोबार भएकामा आज ८ अर्ब ९२ करोडको कारोबार भयो ।

कारोबारमा आएका ८२ कम्पनीको सेयर मूल्य बढ्यो भने १७४ कम्पनीको घट्यो । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा आँखु खोला हाइड्रोपावर, एनआरएन इन्फ्राइन्सटक्चर, हिमालयन रि–इन्सुरेन्स अगाडि रहे ।

यसदिन सबैभन्दा धेरै कालिका पावर कम्पनी र नारायणी डेव्लपमेन्टको सेयर ९ प्रतिशतले बढ्यो ।

यस दिन अन्य (०.२६ प्रतिशत) बाहेक सबै सुचक राताम्मे भएका छन् ।