२६६२मा भर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

२६६२मा भर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १० अंकले घटेर परिसुचक २६६२ मा झरेको छ ।

परिसूचकसँगै कारोबार रकम पनि ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।

कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ ।

यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ ।

१३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।