काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से ६४ अंकले बढेर परिसुचक २८७७ मा पुगेको हो ।
अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा यसदिन २१ अर्ब २२ करोडको कारोबार भएको छ ।
आज कारोबारमा आएका २४० कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । यस्तै २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन ङादी ग्रुप, नेशनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला हाइड्रो र अपर तामाकोसी हाइड्रो अगाडि रहे ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढे ।




प्रतिक्रिया