सेयर बजारमा आज पनि पहिरो, २ कारोबारमा ११९ अंक घट्यो

सेयर बजारमा आज पनि पहिरो, २ कारोबारमा ११९ अंक घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४७.७१ अंकले घटेर परिसुचक २८३१ अंकमा झरेको हो ।

अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । यसदिन बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडको भयो ।

आज २६ कम्पनीको मूल्य बढ्दा २३७ को घट्यो भने ५ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी छन् ।

आज रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन, सप्तकोशी विकास बैंकको को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसदिन सबै सूचक ओरालो लागेका छन् । व्यापार सबैभन्दा धेरै २.५६ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८६, विकास बैंक १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशत घटे ।