काठमाण्डु– बुधबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ । यसदिन नेप्से १.६४ अंकले घटेर परिसुचक २७११ मा पुगेको छ ।
आज कारोबार रकमपनि घटेको छ । हिजो ३ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ अर्ब १९ करोडको कारोबार भएको छ ।
कारोबारमा आएका १०४ कम्पनीको भाउ बढेको छ भने १४९ कम्पनीको घटेको छ । यस्तै १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन सोलु हाइड्रो रिलायन्स स्पिनङ मिल्स अगाडि रहे ।
आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेर मूल्य सर्वाधिक १३ प्रतिशतले बढ्यो भने भगवती हाइड्रोपावर डेव्लपमेन्टको सेयर सवैभन्दा धेरै ८ प्रतिशतले घट्यो ।
यसदिन बैंकिङ, फाइनान्स, होटल एण्ड टुरिजम, इनभेस्टमेन्ट, माइक्रोफाइनान्स, म्युचल फण्ट, नन लाइफ इन्सुरेन्स र अन्य सुचक बढे भने विकास बैंक, लाइफ इन्सोरेन्स, उत्पादन–प्रशोधन र व्यापार सूचक घटे । सबै सूचक १ प्रतिशत भन्दा कम विन्दुमा घटवढ भएका छन् ।




प्रतिक्रिया