काठमाण्डु– बिहीबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १३ अंकले घटेर परिसुचक २७६६ मा पुगेको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ७३ करोडको कारोबार भएकामा आज ४ अर्ब ७० करोडको कारोबार भयो ।
कारोबारमा आएका ६३ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन एभरेष्ट बैंक, आँखु खोला जलविद्युत्, सेन्ट्रल फाइनान्स, नेपाल रि इन्सोरेन्स अघि रहे ।
यसदिन कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशत, न्यादी हाइड्रोपावरको ९ प्रतिशतले बढ्यो भने एसबिएल डिवेन्चरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो ।
आज म्युचल फण्ड ०.३२ प्रतिशतले बढ्यो भने बैंकिङ, फाइनान्स, होटल र पर्यटन, हाइड्रोपावर, लगानि, विकास बैंक, जिवन बिमा, उत्पादन प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा, अन्य र व्यापार सुचक घटे ।




प्रतिक्रिया