सेयर बजार १६ अंकले घट्यो

सेयर बजार १६ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेयर बजार परिसूचक नेप्से पुन: घटेको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से १६ अंकले घटेको हो । तिहार तथा छठ पश्चात सोमबारबाट खुलेको बजार बुधबारसम्म उकालो लागेको थियो । १६.१४ अंकले घट्दा परिसूचक १९२२.१६ मा झरेको छ।

बिहीबार नेप्से ०.८३ प्रतिशतले घट्दा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.५० अंक बढेर ३७९.४३ मा झरेको छ। बजारसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ।

मंगलबार र बुधबार १ अर्ब माथि गएको कारोबार रकम आज ८९ करोड ८९ लाख ७ हजार ८ सय ३० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै २७ लाख ६७ हजार ५ सय ३९ कित्ता सेयर १८ हजार १ सय ४० पटकमा खरिद बिक्री भएको थियो ।