आज सेयर बजार, बैंक-वित्तीय संस्था पनि बन्द हुने

आज सेयर बजार, बैंक-वित्तीय संस्था पनि बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेयर बजार बिहीबार बन्द हुने भएको छ । आज (बिहीबार) संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा अडिएको छ ।

बिहीबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।