काठमाण्डु – मंगलबार सेयर बजार ५.०८ अंक बढेर नेप्से परिसूचक २६१३ कायम भएको छ । परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ ।
सोमबार ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको सेयर कारोबार भयो ।
आज बजारमा १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो । बीमा सेक्टरमा आकर्षण देखियो । आज जीवन बीमा १.१० र निर्जीवन बीमा १.७८ प्रतिशत बढे ।
दुई पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य बढ्दा अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । विकास बैंक ०.१९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढे ।
मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सप्तकोशी रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशत घट्यो ।




प्रतिक्रिया