चीन-अमेरिका अर्थ टकराबले विश्व सेयर बजार आतङ्कित

चीन-अमेरिका अर्थ टकराबले विश्व सेयर बजार आतङ्कित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदापनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।

विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न संघर्ष गरिरहेका छन् तर बेइजिङले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढावा दिँदै भन्सार शुल्कहरूको सामना गरिरहेको संकते दिएको छ ।

ट्रम्पले अमेरिकाका व्यापारिक साझेदारहरूसँगको घाटामा कटौती गर्ने आफ्नो मागलाई दोब्बर तुल्याउँदै त्यो समाधान नभएसम्म कुनै पनि सम्झौतामा कटौती नगर्ने बताएका छन् ।

“कहिलेकाहीँ तपाईँले केही कुरा ठिक गर्न औषधि लिनुपर्छ”, ट्रम्पले आइतबार भने । उनले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई विश्व नेताहरू ‘सम्झौता गर्न लालायित भइरहेको’ बताए ।

ट्रम्पले गत हप्ता संयुक्त राज्य अमेरिकामा आउने सामानहरूमा आधारभूत १० प्रतिशत आयात भन्सार शुल्क र युरोपेली सङ्घ ९इयु०, जापान र ताइवान सहित धेरै देशका लागि उच्च दरहरू घोषणा गरे ।

अधिकांश देशले जवाफी कारबाही गर्न छाडेका छन् तर एसियाली बजारहरू बन्द भएपछि चीनले शुक्रबार अप्रिल १० देखि सबै अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्मक भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।

“९यो० कठोर–बल आर्थिक युद्ध हो”, एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्नेसले भने, “बजारले तपाईंलाई सरल भाषामा भन्दैछ स् विश्वव्यापी माग हराइरहेको छ र विश्वव्यापी मन्दी आउने वाला छ र तीव्रतामा आउँदैछ ।”

विश्वव्यापी रूपमा खर्बौं डलरको स्टक नष्ट भएको छ र लगानीकर्ताहरू सुरक्षित सम्पत्तिमा सरेकाले सोमबार एसियाली इक्विटीहरूले अझ बढी क्षति बेहोरेका छन् ।

जापानमा निक्केई छ दशमलव पाँच प्रतिशतले घटेको छ । प्रारम्भिक कारोबारमा लगभग आठ प्रतिशतले घटेको थियो । हङकङमा ह्याङ सेङ लगभग १० प्रतिशत र साङ्घाई कम्पोजिट चार प्रतिशतभन्दा बढी घटेको छ । हङकङ र साङ्घाईमा जस्तै शुक्रबार बन्द भएको ताइवानको मुख्य सूचकाङ्क करिब १० प्रतिशत र सिङ्गापुर आठ दशमलव पाँच प्रतिशतले घटे ।

न्युयोर्क स्टक एक्सचेन्जको मुख्य बोर्डहरूका लागि फ्युचर कन्ट्र्याक्टहरू आइतबार तीव्र रूपमा तल झरेको थियो । यसले सोमबार बजार खुल्दा वाल स्ट्रिट स्टकहरूका लागि थप पीडाको सुझाव दिन्छ । विश्वव्यापी मन्दीको चिन्ताका कारण सन् २०२१ अप्रिलपछि पहिलोपटक अमेरिकी तेल प्रतिब्यारेल ६० डलरभन्दा तल झरेको छ ।