आठ अंकले घट्यो शेयर बजार


काठमाडौँ – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले घटेर २५३.६२ विन्दुमा आइपुगेको छ । कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टककाअनुसार आज तीन उपसमूहको शेयर बढेको छ,भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७९, वित्त ३.७३ र अन्य समूह ४.९५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ४.७७, होटल ५३.११, विकास बैंक ८.१, जलविद्युत् ३९.२५, निर्जीवन बीमा ८७.६७, उत्पादन ३५.६६, माइक्रोफाइनान्स १३.३२ र बीमा समूह ७४.११ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement