शेयर बजारमा सामान्य सुधार 

शेयर बजारमा सामान्य सुधार 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातार ओरालो लागेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन भने  सामान्य बढेको छ । बजार खुल्नेबित्तिकै तीव्र गतिमा उकालो लागेको नेप्से बन्द हुने बेलामा भने २ दशमलव सात अङ्कले बढेर २ हजार आठ सय १९ दशमलव ६५ विन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अङ्कले बढेको छ । यस अघि बुधबार नेप्से परिसूचक सय अङ्क भन्दा बढीले सुधारिएको थियो । आज बैंक र फाइनान्स समूहको शेयर सामान्य बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ ।  

आज दुई सय २८ कम्पनीका एक करोड ५७ लाख १४ हजार कित्ता शेयर सात अर्ब ७२ करोड रूपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानीमा बैंकको ३४ करोड १५ लाख रूपैयाँको शेयर किनबेच भएको छ । हिजो १७ प्रतिशत लाभांश घोषणा गरेकाले सानीमा बैंकको कारोबार रकम बढेको हो ।