आज पनि घट्यो शेयर बजार

आज पनि घट्यो शेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । पछिल्लो समय लगातार घटिरहेको नेप्से बिहीबार १८.९६ अंकले घटेको हो । यससँगै नेप्से २०३७.९२ विन्दुमा ओलिएको छ।

आज दिनभर २२३ कम्पनीका ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७६ करोड १० लाख ३२ हजार रुपैयाँमा सिमित भएको छ ।

कारोबारमा आएका १३ उपसूचकमध्ये १२ उपसमुह घटेका छन्। म्युचुअल फन्ड ०.४६ प्रतिशतले बढेको छ।