सेयर बजारमा उल्लास, आधा घण्टामै ४० अंकले बढ्यो नेप्से

सेयर बजारमा उल्लास, आधा घण्टामै ४० अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार सेयर बजारमा निकै उल्लास छाएको छ । सेयर बजार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले बढेको हो ।

बजार खुलेसँगै उकालो लागेको नेप्से परिसुचक ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७६ अंकले उकालो लागेको थियो भने ११ बजेर ३० मिनेट जाँदा नेप्से परिसुचक ३९ दशमलव ७५ अंकले बढेर १ हजार ८ सय ४९ दशमलव ८६ अंकमा पुगेको छ । कारोबार रकम भने यतिबेलासम्म ६६ करोड रुपैयाँ भन्दा धेरै भएको छ ।

यस अबधीमा सबैभन्दा धेरै बृद्धि हुनेमा व्यापार समूह देखिएको छ । व्यापार समूह ८.०९ प्रतिशत अर्थात १८३.६३ अंकले बढेको छ । त्यसैगरि बैंकिङ समूह, होटल, बिकास बैंक, हाइड्रोपावर, फाइनान्सललगायत सबै समूह उकालो लाग्दा म्युचुअल फण्ड भने घटेको छ ।