शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने अर्थमन्त्रीको घोषणा

शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने अर्थमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। अर्थमन्त्रीमा नियुक्त भएपछि शुक्रवार अर्थमन्त्रालयमा पत्रकारहरुसंग छलफल गर्दै शर्माले शेयर बजारमा देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकुल बनाइने बताएका हुन ।

शेयर बजार वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र भएकाले यसमा आफुले ध्यान पुर्याउने शर्माको भनाई थियो । उनले अर्थतन्त्रको वास्तविक अवस्थालाई जानकारी दिन स्वेतपत्र समेत जारी गर्ने जानकारी दिए ।

शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भने संसदमा पेश गर्ने बताए । यसअघि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्री बनेलगत्तै स्वेतपत्र ल्याएका थिए ।