सेयर बजारमा प्रधानमन्त्रीको चासोः अर्थमन्त्रीसंग सोधे सेयर बजारमा के भएको हो?


काठमाडौं – आइतबार ४१ अंकले घटेको शेयर बजार सोमबारपनि ओरालो लागेको छ । पहिलो घण्टामा तिब्र गतिमा बढेर १५ अंकको वृद्धिसंगै १३१९ अंकमा उक्लिएको बजार पुनः घट्दो क्रममा रहेको छ । जसले सेयर लगानीकर्ताको सम्पत्ती ४७ अर्बले गुम्यो ।
एमालेले देउवा सरकारले गरेको निर्णयको विरोधमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सेयर बजार घटाइएको विषयमा असन्तुष्टी जनाए । ओली प्रधानमन्त्री हुने दिन नेप्से परिसूचक ३५ अंकले उकालो लाग्यो । त्यसपछि भने कहिले घट्ने र कहिले बढ्ने क्रम चलिरह्यो । ओली सरकारले देउवा सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ वटा नाम फिर्ता लिदै डा. युवराज खतिवडा सहित डा. बिमला पौडेल राई र रामनारायण बिडारीलाई राष्ट्रियसभामा नियुक्ती गर्ने प्रस्ताव गर्यो । सो अनुसारको नियुक्ति पनि भयो । त्यसपछि सेयर बजारका लगानीकर्ताले खतिवडा अर्थमन्त्री हुंने र उनले कडा नीति लिने अनुमान गरे । सो अनुसार परिसूचक पनि घट्यो ।
घरजग्गा,सेयर बजार तथा हायरपर्चेजमा जाने कर्जालाई उत्पादनमुलक क्षेत्रमा जाने कर्जामा लिइदैन । खतिवडा गभर्नर हुंदादेखि लिएको नीति अहिलेपनि कायम छ । बिहीबार फागु पूर्णिमाको कारण सार्वजनिक बिदा थियो । शुक्रबार सेयर बजारमा कारोबार हुंदैन । शनिवार सार्वजनिक बिदा । अर्थमन्त्रीको अभिव्यक्तिले सामाजिक सन्जालमा अत्याधिक आलोचना भएको थियो । यद्यपी बजार बुझेका लगानीकर्ताले भने अर्थमन्त्रीको अभिव्यक्तिले वास्तविक सेयर लगानीकर्ताको पक्षमा भएको बताउंदै आएका थिए । बोनस सेयर तथा हकप्रदको कारण आपूर्ति बढी भएको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर अत्याधिक बढी छ ।
जुन सेयर बजारको लागि सहयोगी होइन । यस्तोमा अर्थमन्त्रीले कर्जा प्राथमिकता उत्पादनमुलक क्षेत्रमा राख्ने भनेर बोल्दा बजारका लगानीकर्ताले अर्को अर्थ लगाए । जसले सेयर बजार ४१ अंकले घट्यो । प्रधानमन्त्री हुनुभन्दा अगाडि सेयर बजार घटेकोमा असन्तुष्ट देखिएका प्रधानमन्त्री ओलीलाई आइतबार सेयर बजार घटेको विषयले छुएको हो ।
उनले अर्थमन्त्री डा. खतिवडालाई सेयर बजारको बारेमा के भएको हो र बजार घटाउने विषयमा अभिव्यक्ति नदिन भने । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्री खतिवडाले सेयर बजार घट्ने र बढ्ने एउटा प्रक्रिया भएको र आफुले घटाउने गरी कुनै प्रतिक्रिया नदिएको बताए ।
अर्थमन्त्री खतिवडाले सेयर बजारको बारेमा आफुले कुनै टिप्पणी नगरेको बताए । टेर १ हजार २ सय ९१ दशमलव १५ विन्दुमा पुगेको छ । व्यापार समूह बाहेक बांकी समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय ३६ कम्पनीको २ हजार ४ सय ३ पटकको व्यापारमा रू. १६ करोड ६० लाख बराबरको शेयर कारोबार भएको हो । व्यापार समूहको परिसूचक शून्य दशलमव ५६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement