शेयर वजार समस्याग्रस्त भएपछि सरकारले बनायो कार्यदल


काठमाडौं –  राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षतामा सरकारले शेयर वजारमा देखिएका समस्या र समाधान गर्ने उपायबारे सुझाव दिन कार्यदल गठन गरेको छ । कार्यदललाई राय पेश गर्न सात दिनको समयसीमा दिईएको अर्थमन्त्रालयले जनाएको छ ।

उक्त कार्यदलले पूजी बजार र समग्र वित्तीय क्षेत्रमा देखा परेका विद्यमान समस्याको बारेमा हल खोज्ने उपायको वारेमा सुझाव दिनेछ ।

दैनिक रुपमा शेयर बजारमा आएको गिरावट र बैंकहरुबीच निक्षेप तान्ने होडबाजीमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा चलेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले यस बिषयमा अध्ययनका लागि कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, लगानीकर्ताका प्रतिनिधि, अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सह(सचिव उत्तर कुमार खत्री लगायत रहेको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement