काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जा, होमलोन र अटो लोनको सीमो यथावतै राखिएको जानकारी दिएका छन् । शेयर धितो कर्जामा हेरफेर हुने चर्चा भएपनि राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको क्रममा शेयर धितो कर्जामा कुुनै परिवर्तन नगरिएको बताए ।
‘हामीले सीआरआर,एसएलआरलाई जसरी यथावत राखेका छौं, त्यसैगरी लोनको भ्यालूको रेसियोमा पनि कुनै परिवर्तन गरेनौं।’ उनले थपे- ’रियल स्टेट सम्बन्धी वा कुनै कर्जामा पनि हामीले यो पटक छुने काम गरेनौं । सेयर कर्जाको अनुपात समेत यथावत राखेका छौं ।’
आइतबार भर्चुअल माध्यमबाट मौद्रिक समिक्षा गर्दै उनले हल्लाको पछाडी नलाग्न आग्रह गर्दै कसैले कमाएको छ भनेर रिसडाह गर्न नहुने बताए । अधिकारीले कोरोना भाइरसको संक्रमणपछि अर्थतन्त्र लयमा फर्कन लागेको दावी गरे ।
ऋणको पुनरसंरचना र साना जलविद्युत् आयोजनालाई सहुलियत दिने घोषणा समेत गर्भनर अधिकारीले गरेका छन् । समस्यामा परेका साना जलविद्युत् आयोजनालाई विशेष पुनरकर्जा दिने नीतिले व्ययवसायीलाई सहुलियत दिएको छ ।




प्रतिक्रिया