काठमाण्डु – मंगलबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । आज बजार मापक परिसूचक नेप्से ०.२३ अंकले वृद्धि भएर ३१६०.३२ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेममा ठूलो घटबढ नभए पनि आज कारोबार रकम भने बढेको छ । आज नेप्सेमा ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद–बिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजारको कारोबार भएको छ । धेरै रकमको सेयर कारोबार हुनेमा जलविद्युत् कम्पनीको वर्चश्व रहेको छ ।
अपी पावरको सर्वाधिक ८६ करोड ३८ लाख २५ हजारको कारोबार हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको ६२ करोड ४० लाख ७६ हजार र अरुण काबेली पावरको ६० करोड ३४ लाख ३२ हजारको कारोबार भएको छ ।
आज विकास बैंक र फाइनान्समा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । विकास बैंक समूह २९२ र फाइनान्स १४१ अंकले वृद्धि भएको छ । त्यस्तै जलविद्युत समूह ११६ अंकले बढ्यो भने उत्पादन समूह ८९ अंकले बढ्यो । त्यस्तै माइक्रोफाइनान्स समूह ५ अंकले वृद्धि भएको छ । बैंकिङ २३, होटल तथा पर्यटन ३१, जीवन बीमा २५१, निर्जीवन बीमा १७७, अन्य २८ र ब्यापार समूहमा ५६ अंकले गिरावट आएको छ ।
आज १६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । दिव्यश्वरी हाइड्रो, जोशी हाइड्रो, पन्चकन्या माइ हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत, आँखुखोला, गोर्खा फाइनान्स, सिइडिबी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, अरुण काबेली, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेसनल हाइड्रोपावर र आरएसडिसी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आइसिएफसी फाइनान्स र पाँचथर पावरको मूल्य ८ प्रतिशत बढीले वद्धि भएको छ ।




प्रतिक्रिया