काठमाण्डु – लगातार दोस्रो दिन पनि शेयर बजार घटेर राताम्मे भएको छ । आज नेप्से ४८.४२ अंकले घटेर तीन हजार ७६ दशमलब ४४ विन्दुमा थामिएको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ समूहको शेयर साढे २९ अङ्कले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अङ्कले घटेको छ ।
यस्तै फाइनान्सको २१, माइक्रोफाइनान्सको ५७, जीवन बीमा समूहको तीन सय ५४, निर्जीवन बीमा समूहको चार सय २२ अङ्कले, उत्पादनको एक सय ६२ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।
आज दुई सय २७ कम्पनीका एक करोड ९५ लाख ९९ हजार कित्ता शेयर १२ अर्ब नौ करोड रुपैयाँमा किनबेच भएका छन्




प्रतिक्रिया