सेयर बजार : झिनो अंकले बढ्यो नेप्से

सेयर बजार : झिनो अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार सेयर बजार परिसूचक नेप्से १.१८ अंकले बढेको छ । नेप्से परिसूचक ०.०४ प्रतिशतले बढेर २९७७.०२ बिन्दुमा पुगेको छ । आज नेप्से नघटे पनि कारोबार रकम भने घटेको छ । मंगलबार १३ अर्ब माथिको कारोबार भएको बजारमा आज कारोबार रकम ९ अर्बमा झरेको छ ।

आज नेप्सेमा १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १८ लाखको कारोबार भएको छ । अधिकांश उपसूचकमा गिरावट आएपनि बैंकिङसहित होटल तथा पर्यटन, जीवन बिमा र लगानी उपसूचकमा वृद्धि हुँदा नेप्से सामान्य हरियो बन्न पुग्यो ।

होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ३.७६ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा उपसूचक ०.४४ प्रतिशत, बैंकिङ उपसूचक ०.४ प्रतिशत र लगानी उपसूचकमा ०.०१ प्रतिशतको सामान्य वृद्धि भएको छ ।

त्यस्तै हाइड्रोपावर उपसूचकमा गिरावट आएको छ भने कारोबार रकममा जलविद्युत कम्पनी नै अगाडि रहेका छन् । अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५९ करोड ९९ लाख ३६ हजारको कारोबार भएको छ ।

आज वित्त कम्पनी उपसूचकमा सर्वाधिक २.७५ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक ०.७ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.४६ प्रतिशतले घटेको छ ।

त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरको ३० करोड १४ लाख २३ हजार, अपी पावरको २३ करोड ७५ लाख १५ हजार, हिमालयन डिस्टिलरीको २३ करोड ३६ लाख ७७ हजार र रिडी हाइड्रोपावरको २२ करोड ११ लाख ५३ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा लगातार उच्च दरले घटिरहेको रुरु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.५५ प्रतिशतले वृद्धि हुँदा ओरियन्टल होटेलको सेयरमूल्य ६.१४ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य ६.०४ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ६.०२ प्रतिशत र सोल्टी होटेलको सेयरमूल्य ५.७३ प्रतिशतले वृद्धि भएको छ ।

यता खानिखोला हाइड्रोपावरको सेयरमूल्य ७.७७ प्रतिशतले गिरावट हुँदा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य ६.२७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.७५ प्रतिशत र आईसीएफसी फाइनान्सको सेयरमूल्य ५.२८ प्रतिशतले घटेको छ ।