सेयर बजार : झिनो अंकले घट्यो नेप्से

सेयर बजार : झिनो अंकले घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको अन्तिम दिन शुक्रबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज २ घण्टा खुलेको सेयर बजार नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा रोकिएको छ ।

२१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर बिक्री हुँदा ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् ।

१० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् ।