सेयर बजार : ६.६८ अंकले बढ्यो नेप्से


काठमाण्डु – साताको पहिलो कारोबार दिन सेयरबजार मापक परिसूचक नेप्से सामान्य अंले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० बिन्दुमा रोकिएको छ ।

आज क वर्गका कम्पनीको कारोबार मापन गर्नेसेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंकले वृद्धि भएर ३८३.७७ विन्दुमा पुगेको छ ।

२२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता सेयर बिक्री हुँदा १ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १३ मध्ये सामूहिक लगानी कोष, अन्य, उत्पादन, होटल र पर्यटनको सूचक घटेको छ ।

आज रुरु जलविद्युतका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले पनि ९।१८ प्रतिशत कमाएका छन् ।

लगानीकर्ताले आज २.८६ प्रतिशतसम्म गुमाएका छन्। रिडी पावर कम्पनीको सर्वाधिक ८ करोडको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement