१४५ अंकले घट्याे सेयर बजार, झण्डै २४ अर्बको कारोबार

१४५ अंकले घट्याे सेयर बजार, झण्डै २४ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लगातार उकालो लागेको सेयर बजारमा मंगलबार ब्रेक लागेको छ ।

मंगलबार सेयर बजार १४५.५ अंकले ओरालो लागेको छ ।

सोमबार २८ सय बिन्दुको हाराहारीमा पुगेको सेयर बजार आज घटेर २६५१ अंकमा कायम भएको छ ।

सेयर बजार उच्च अंकले घटेपनि कारोबार रकमले भने नयाँ रेकर्ड राखेको छ । आज २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

आज सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ६.०६, विकास बैंक ५.४३, फाइनान्स ८.२७, होटल तथा पर्यटन ८.०३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशतले घटेका छन् ।