सेयर बजारमा दोस्रो ‘नेगेटिभ सर्किट’, फेरि ४० मिनेटका लागि कारोबार रोकियो

सेयर बजारमा दोस्रो ‘नेगेटिभ सर्किट’, फेरि ४० मिनेटका लागि कारोबार रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ ।

प्रि–ओपन सेसनमै घट्न सुरु भएको नेप्से, नियमित कारोबार खुलेको दुई मिनेटमै १०७.०४ अंकले ओरालो लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो ।

यस अवधिमा २०० स्टकको १,८५७ पटकको कारोबारमार्फत ३ लाख ३४ हजार २७५ कित्ता सेयर खरिद–बिक्री भइ १५ करोड ६६ लाख रुपैयाँभन्दा बढी रकम बराबरको कारोबार भएको थियो ।

पुनः ११ः२२ बजे पुनः खुलेको नेप्से परिसूचक थप ५ प्रतिशतले घटेर दोस्रो सर्किट लागेर कारोबार फेरि ४० मिनेटका लागि रोकिएको छ।

यस बेला ६ लाख ३४ हजार कित्ता कारोबार भएको छ भने २८ करोडको कारोबार भएको छ । यता नेप्से १३३ अंकले घटेको छ ।