पाँचौं दिन पनि बढ्यो सेयर बजार, ६ अर्ब ६६ करोडको कारोबार

पाँचौं दिन पनि बढ्यो सेयर बजार, ६ अर्ब ६६ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १०.४३ अंकले बढेर परिसूचक २६७६ मा पुगेको छ ।

हिजो ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँको कारोबार भएको थियो भने आज ६ अर्ब ६६ करोड २३ लाख ८३ हजारको कारोबार भयो ।

१३१ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र युनाइटेड मोदी हाइड्रोपावर अगाडि छन् ।

यसदिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको मूल्य १० प्रतिशतले बढ्यो भने एनआरएन इन्फ्रास्ट्रक्चरको ९।६२, हिमाल दोलखा हाइड्रोपावरको ५.८१ प्रतिशत मूल्य घट्यो ।

यसदिन बैंकिङ समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.३३, हाइड्रोपावर ०.०१, लगानी ०.७२, जीवन बीमा ०.१४, निर्जीवन बीमा ०.०८ प्रतिशत बढे । व्यापार ०.१४, अन्य ०.०५, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.३५ तथा फाइनान्स ०.३८ प्रतिशत घटे ।