२६०६ मा झर्यो सेयर बजार, पौने ४ करोडको कारोबार

२६०६ मा झर्यो सेयर बजार, पौने ४ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजार घटेको छ । यसदिन नेप्से ७.८६ अंकले घटेर परिसूचक २६०६ अंकमा पुगेर रोकियो ।

आज कारोबार रकम सामान्य घटेको छ । हिजो ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो ।

यसदिन ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो भने ९ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स अगाडि रहेकाछन् ।

स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानलको मूल्य १० प्रतिशत बढे भने सबैभन्दा धेरै झापा इनर्जीको मूल्य ९.३० प्रतिशतले घट्यो ।

आज सबै सेक्टरका सूचक झरेका छन् । यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटे ।