काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । आज नेप्से १० अंकले घटेर परिसुचक २६१० मा झरेको छ ।
यसदिन कारोबारमा आएका ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन कारोबार रकम भने बढेको छ । गत बिहीबार ४ अर्ब ७१ करोडको कारोबार भएकामा आज ५ अर्बको कारोबार भयो ।
कारोबार रकमका आधारमा यसदिन एसवाइ प्यानल श्री नगर एग्रिटेक र बन्दिपुर केवलका अगाडि रहे ।
आज ह्विन नेपाल लघुवित्त र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
यसदिन होटल पर्यटन, उत्पादन र व्यापार बाहेक सबै उपसूचक ओरालो लागेका छन् ।





प्रतिक्रिया