बढेर २६३९ मा पुग्यो सेयर बजार, ६ कम्पनीको मूल्यमा ‘सर्किट’

बढेर २६३९ मा पुग्यो सेयर बजार, ६ कम्पनीको मूल्यमा ‘सर्किट’


काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से २८.७३ अंक बढेर परिसूचक २६३९ मा पुगेको छ ।

यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको कारोबार भयो ।

आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरी अगाडि रहे ।

यसदिन ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर १० प्रतिशतले बढ्यो भने दरामखोला हाइड्रोपावरको ९.५४ प्रतिशतले बढ्यो ।

यसदिन सबै समूहका सूचक बढेका छन् । आज उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै ३.०५ प्रतिशत बढ्यो । बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढे ।