काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १३ अंकले घटेर परिसुचक २६३५मा पुगेर रोकियो ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा यसदिन ५ अर्ब १७ करोडको कारोबार भयो ।
कारोबारमा आएका ६२ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने १० को स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन एसवाई प्यानल, श्रीनगर एग्रिटेक, मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट र सागर डिस्टिलरी अगाडि रहेकाछन् ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत बढ्यो भने एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घट्यो ।
यस दिन फाइनान्समा समूह ०.२१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह स्थिर रह्यो । त्यस्तै बैंकिङ ०.२४, विकास बैंक ०.८४, होटल तथा पर्यटन १.४२, हाइड्रोपावर ०.७९, लगानी ०.५४, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशोधन १.१६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा ०.६० तथा अन्य समूह ०.५३ प्रतिशत घटे ।




प्रतिक्रिया