सेयर मार्केट : ५ कम्पनीमा सर्किट, ६ महिनायताकै उच्च कारोबार

सेयर मार्केट : ५ कम्पनीमा सर्किट, ६ महिनायताकै उच्च कारोबार


काठमाण्डु–सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । यसदिन नेप्से ३ अंकले घटेर परिसुचक २७६९ विन्दुमा पुगेको छ ।

यसदिन कारोबार रकम भने उच्च दरले बढेको छ । हिजो १३ अर्ब ७८ करोडको कारोबार भएकामा आज १६ अर्ब ३५ करोडको कारोबार भयो । यो गत साउन १४ यताकै उच्च कारोबार हो । उक्त दिन १६ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

आज कारोबारमा आएका ८८ वटा सेयरको मूल्य बढ्दा १६५ वटाको घटेको छ भने ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

सोमबार ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ।

एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर्सको ६५ करोडको कारोबार भयो । यस्तै आखुखोला जलविद्युत् कम्पनीको ५६ करोड, मञ्जुश्री फाइनान्स ५२ करोड, एसवाई प्यानल ५० करोड र बन्दीपुर केबलकारको ४० करोडको किनबेच भएको छ ।

यसदिन वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा करेक्सन आउँदा घटे पनि बाँकी सूचक हरियो रहे।