काठमाण्डु– आइतबार सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से ५४ अंकले बढेर परिसुचक २९३१ मा पुगेको हो ।
यसदिन कारोबार रकम पनि बढेको छ । गत विहिबार २१ अर्ब २२ करोडको कारोबार भएकोमा यसदिन २३ अर्ब ५९ करोडको कारोबार भयो ।
कारोबारमा आएका १८३ कम्पनीको मूल्य बढेको छ भने ७३ कम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन कुमारी बैंक, नेशनल हाइड्रो, शिभम् सिमेन्ट, ङादी ग्रुप र हिमाल दोलखा हाइड्रो अगाडि रहे ।
यसदिन ९ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेव्लपमेन्ट, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रो, भुजुङ हाइड्रो, होटल फरेस्ट इन, विजय लघुवित्त र एनआइसी एसिया लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढे ।
आज व्यापार बाहेक सबै सुचक बढेका छन् ।




प्रतिक्रिया