काठमाण्डु – साताको दोस्रो दिन सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको छ ।
पहिलो सर्किटपछि ११ बजेर २० मिनेट ५३ सेकेन्डमा खुलेको बजार ११ बजेर २१ मिनेट ३५ सेकेन्डमै दोस्रो पोजेटिभ सर्किट लागेको हो । दोस्रो सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।
बजार परिसूचक नेप्से ५ प्रतिशत अर्थात् ७४ अंकले बढेर १५५३ अंकमा पुगेको छ । ११३ कम्पनी सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबार खुलेको १ घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटबढ भए २० मिनेट, बजार खुलेको २ घण्टाभित्र बजार परिसूचक नेप्से ५ प्रतिशतले घटबढ हुँदा ४० मिनेट र ६ प्रतिशतभन्दा बढीले नेप्सेमा घटबढ हुँदा पूरै दिनका लागि कारोबार रोकिन्छ ।
आइतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमै बजार ६ प्रतिशतले बढेपछि कारोबार रोकिएको थियो । अत्यधिक दबाबमा बजार बढेपछि लगानीकर्ताहरु तत्काल नाफा ‘बुक’ गर्न खोज्दा जसरी बढेको थियो बजार त्यसैगरि घटेको छ ।




प्रतिक्रिया