निफ्रामा झुम्मिए लगानीकर्ता, शेयर मूल्य १० प्रतिशतले बढ्यो

निफ्रामा झुम्मिए लगानीकर्ता, शेयर मूल्य १० प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेको छ । कारोबारको दोस्रो दिन नेप्से २५ दशमलव २३ अंकले बढेर २६ सय ३६ दशमलव ६८ बिन्दुमा पुगेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) मा शेयर लगानीकर्ताहरुको आकर्षण बढेको छ । निफ्राको दोस्रो बजारमा शेयर लगानीकर्ताहरुको आकर्षण बढेको हो । साताकाे काराेबारकाे दाेस्राे दिन निफ्राकाे शेयर मूल्य १० प्रतिशतले बढेकाे छ ।

फागुन २ गते आइतबार ३४० रुपैयाँमा पहिलो कारोबार भएको यस बैंकको शेयर ६६० रुपैयाँ पुगेको छ । त्यसैगरी, कुल ११ लाख ३३ हजार कित्ता शेयर खरिद आदेश रहेको मार्केट डेप्थमा देखिन्छ । लगानीकर्ताहरुले सर्किट लेभलमा नै खरिद गर्छुभन्दा पनि बिक्रीकर्ताहरु तयार देखिएका छैनन् ।

यस्तै कारोबारमा आखुँखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने, अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावर नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।