दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार सेयर कारोबार नेप्से दोहोरो अंकले अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.७९ अंकले घटेर २५८५.०८ विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१६ अंकले घटेर ४६५.१२ विन्दुमा कायम भएको छ । त्यस्तै आज कूल तीन अर्ब ९९ करोड चार लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज २१५ वटा कम्पनीका ६९ लाख ६५ हजार ५८८ कित्ता सेयर ४६ हजार ९५९ पटक खरिद–बिक्री भएका थिए ।

आज विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.१५ प्रतिशतका दरले गुमाएका छन् ।

आज एनसीसी बैंकको सबैभन्दा धेरै २८ करोड २९ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज उक्त बैंकका आठ लाख ३५ हजार ४६६ कित्ता सेयर किनबेच भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा बढी दुई हजार ६७५ पटक खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।