काठमाण्डु – निषेधाज्ञाको पहिलो दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बुधबारको तुलनामा आजको बजार १ प्रतिशतले बढेको हो ।
बिहीबार ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । आज होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो ।
आज जीवन बीमा १ सय ४२ .८८, निर्जीवन बीमा १सय २४.८ अंकले बढेका छन् । लघुवित्त समूह ४४.३६ अंक र उत्पादन समूह १ सय ३.६८ अंकले बढ्दा विकास बैंक समूह पनि २७.३ अंकले बढेको छ ।
व्यापार समूहको शेयर १सय २६.५४, जलविद्युत ८०.२ अंकले बढेको छ । बुधबारबाट कारोबार सुरु भएको सिंगटी हाइड्रो इनर्जीको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्दा ३ सय ६३ रुपैयाँ प्रतिकित्ता पुगेको हो ।
यस्तै, प्रतिकित्ता ५हजार ९९ रुपैयाँ पुगेको विशाल बजार कम्पनीको सेयर कारोबारमा पनि आज सकारात्मक सर्किट लाग्यो ।




प्रतिक्रिया