सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २७ सय ९३ अंकमा उक्लियो

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २७ सय ९३ अंकमा उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से ३४.६८ अंकको फराकिलो वृद्धिसहित २७ सय ९३ अंकमा उक्लिएको छ ।

आज २ सय १५ कम्पनीको ११ अर्ब ३५ करोड रुपैयाँको किनबेच भएको छ । ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन शून्य दशमलव ९४ प्रतिशत अर्थात ४ दशमलव ६४ अंक बढेर ४सय ९७ दशमलव २२ विन्दुमा पुगेको छ ।

कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । आज होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।

लगानी समूहको २ दशमलव ७८ प्रतिशत, व्यापारिकको १ दशमलव ८९ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ ।