काठमाण्डु – केही दिनदेखी बढिरहेको शेयर बजार परिसूचक नेप्से आज (बुधवार) भने घटेको छ ।
कारोबार रकममा नयाँ रेकर्ड बनेको दिन नेप्से १३ दशमलव ०९ अङ्कले घटेर २७ सय ० दशमलव ८१ विन्दुमा झरेको छ । बैंक, होटल, व्यापार र फाइनान्स समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ ।
विकास बैंक समूहको शेयर ५२ अङ्कले घटेको छ । यस्तै जलविद्युत् समूहको साढे ६० अङ्कले, जीवन बीमाको २९, निर्जीवन बीमाको एक सय ५, उत्पादनको ६६ र अन्य समूहको शेयर साढे २७ अङ्कले ओरालो लागेको छ ।
नेप्से बढे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । आज दुई सय १४ कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन् । यो रकम नेपालको शेयर बजार इतिहासमा अहिलेसम्मकै धेरै हो ।




प्रतिक्रिया